काठमाडौं - कम्पनी सचिवहरुको संस्था नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिज (एनआईसीएस)को १५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभा शनिबार सम्पन्न भएको हो ।
उक्त सभाले सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । नयाँ सञ्चालक समितिमा रमेश घिमिरे, माधव रेग्मी, टीका भट्टराई, रामचन्द्र खनाल, गुरुप्रसाद अधिकारी, चुडामणि पराजुली, भीष्म न्यौपाने सञ्चालकमा निर्विरोध चयन भएका छन् ।
घिमिरे, रेग्मी, भट्टराई र खनाल यसअघि पनि सञ्चालक थिए । निर्वाचन समितिले फागुन १ गते निर्वाचन कार्यक्रम प्रकाशन गरेकोमा सञ्चालक हुन सात जनाको मात्रै मनोनयन परेको थियो ।
प्रतिक्रिया