६ महिनामा १ सय ३१ विदेशी नागरिक निस्काशित

५ बर्ष अगाडि

पर्यटक भिसामा नेपाल आएका १ सय ३१  विदेशी नागरिकलाई निस्काशित गरिएको छ ।  गत साउन देखि माघ मसान्तसम्म नेपाल आएका एक सय ३१ विदेशी नागरिकलाई निस्काशित गरिएको हो । 

पर्यटक भिसामा नेपाल प्रवेश गरी ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैकिङ कसुर, लागू औषध लगायतका अपराधमा संलग्न विदेशी नागरिकलाई निस्काशित गरिएको हो ।  ।

अध्यागमन विभागको तथ्यांक अनुसार  निस्काशित हुनेमा धेरै चिनियाँ नागरिक  रहेका छन् । उनीहरुलाई  कसुरका आधारमा एक वर्षदेखि १० वर्षसम्म नेपाल प्रवेशमा रोक लगाईएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया