चितुवाको छालासहित ४० वर्षीय पुरुष पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - चितुवाको १ थान छालासहित एक जना पक्राउ परेका छन् । बझाङको बुङ्गल नगरपालिका(८ मसनिसेरा भन्ने स्थानबाट चितुवाको १ थान छाला सहित ४० वर्षीय रधुबीर बोहरा पक्राउ परेका हुन् । 

उलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो । चितुवाको छाला बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले उनलाई उक्त छालासहित पक्राउ गर्न सफल भएको बताइएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया