मोरङमा दुर्घटनामा परि दुई जनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं- मोरङको उर्लाबारीमा दुर्घटनामा  परि दुईजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका ८ का २३ वर्षीय प्रदिप धामी र २२ वर्षीय सुदिप भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत उर्लाबारी ४ मा प्र १–०१–००१क १०३५ नम्बरको ट्रकले विपरित दिशाबाट आँउदै गरेको को३१प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुवैजना गम्भिर घाईते भएका थिए ।

घाइते दुवैको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ट्रक र ट्रक चालक झापा कमल गाउँपालिका बस्ने भीम बहादुर दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया