एजेन्सी - पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। ह्वाइटहाउस छोडेको पाँच सातापछि उनी सार्वजनिन कार्यक्रममा सहभागि हुने भएका हुन् ।
ओर्लान्डो फ्लोरिडामा फेब्रुअरी २५ देखि २८ सम्म हुने कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फेरेन्समा ट्रम्प सहभागी हुने उनी निकट स्रोतहरूले जानकारी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
कन्फेरेन्समा ट्रम्पले रिपब्लिक पार्टीको भविष्य र राष्ट्रपति जो बाइडेनले लिएका नीतिहरूबारे बोल्ने बताइएको छ। जनवरी २० मा ह्वाइटहाउस छोडेपछि ट्रम्पले आफ्ना शुभेच्छुक मिडियाहरूमा अन्तर्वार्ता र वक्तव्य दिएको भए पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्।
उनी अहिले फ्लोरिडाको मार्लागो रिसोर्टमा बसिरहेको बताइन्छ।
प्रतिक्रिया