आज सामान्यतया मौसम सफा रहने, मंगलबार केही ठाउँमा बदली

५ बर्ष अगाडि

काठमाडौं - हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक  रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतबार प्रदेश १ को  पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमवार प्रदेश १, गण्डकी र सुदुर पश्चीम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलवार देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश १, गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडि भू९भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया