सिभिल बैंकको साधारण सभा आज, लाभांश कति ?

५ बर्ष अगाडि

काठमाडौं - सिभिल बैंकको साधारण सभा आज बस्दै छ । बैंकले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गराउन आज आफ्नो दसौं वार्षिक साधारण सभा गर्न लागेको हो । 

माघ १५ गते बसेको बैंकको सञ्चालक समितिको ३२८ औँ बैठकले निर्णय गरेअनुसार सभा बैंकको केन्द्रीय कार्यालय सुन्धारा काठमाडौंमा आज बिहान ११ बजेबाट सुरु हुँदै छ । साधारण सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने बैंकले जनाएको छ ।

सभामा बैंकले आ।व २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया