काठमाडौं - एनसीसी बैंकको संस्थापक शेयर खरीदका लागि आवेदज दिने आज अन्तिम दिन रहेको छ । बैंकले फागुन २ गते आइतबारबाट २५ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।
एनबि ग्रुपले एनसीसी बैंकको उक्त संस्थापक शेयर बिक्री गर्न खोजेको हो । ग्रुपले विभिन्न ६ वटा संस्थाका नाममा रहेका शेयरमध्ये २५ लाख कित्ता शेयर बिक्री गर्न लागेको छ ।
लिलामी शेयरमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लिलामी शेयरमा फागुन ९ गते आइतबार कार्यालय समयभित्र सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा आवेदन दिन सकिनेछ ।
शिलबन्दी बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त लिलामी शेयरको आवेदन फागुन १० गते दिउँसो १ बजे सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा खुला गरिने जनाइएको छ ।
प्रतिक्रिया