बिटक्वाइनको ऐतिहासिक आँकडा पार, बजार मूल्य कति ?

५ बर्ष अगाडि

एजेन्सी - विश्व बजारमा क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १.७ ट्रिलियन डलर पुगेको छ । यो ऐतिहासिक आँकडा पार भएसँगै विद्युतीय कार निर्माता टेस्ला कर्पोरेसनको व्यवसायले नयाँ उचाइ पाएको हो ।

कम्पनीले गत जनवरीमा मात्रै बिटक्वाइनमा लगानी गरेको थियो । एक महिनाको अवधिमै कम्पनीले बिटक्वाइन लगानीबाट ९३० मिलियन डलर अर्थात् करिब एक खर्ब ८ खर्ब रूपैयाँ प्रतिफल कमाएको बेलायतस्थित द टाइम्सले लेखेको छ ।

बिटक्वाइनमा देखिएको यो परिवर्तन आश्चर्यजनक छ । गत वर्षको यही अवधिको तुलनामा यसको मूल्य ८१ प्रतिशतले बढेको छ । पछिल्लो समय बिटक्वाइनको मूल्य ५६,३९९.९९ डलर पुगेको छ

टेस्लाले बिटक्वाइनमा डेढ अर्ब डलर लगानी गर्दै त्यसलाई भुक्तानीको रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो । यससँगै अहिले बिटक्वाइटले व्यापक वैधानिकता पाउँदै गइरहेको छ ।

बिटक्वाइन भनेको डिजिटल करेन्सी हो । यसलाई क्रिप्टोकरेन्सी पनि भन्ने गरिन्छ । यसको कुनै रङ वा भौतिक रुवरुप हुँदैन । 

यसलाई मात्र प्राविधिक रुपमा कुनै कम्प्युटर तथा इन्टरनेटमा राख्न सकिन्छ । यसलाई नियन्त्रण गर्ने कुनै देश तथा संस्थान नहुने हुँदा बिटक्वाइनद्वारा केही समान खरिदबिक्री तथा पैसा आदानप्रदान गर्न बैंक जस्तो तेस्रो पक्षको आवश्यकता पर्दैन । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया