गरिमा विकास बैंकले सार्वजनिक गर्यो दुई योजना, कुन-कुन ?

५ बर्ष अगाडि

काठमाडौं - गरिमा विकास बैंकले दुई नयाँ योजना सार्वजनिक कगरेको छ । बैंकले  ‘गरिमा सजिलो अटो लोन’ र  ‘मेरो सेयर बचत खाता’ नामक दुई योजना सार्वजनिक गरेको हो ।

बैंकले कर्जा प्रवाह रणनीतिलाई थप विस्तार गरेर न्यूनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको छ ।

यो सुविधाअन्तर्गत बैंकले खरिद मूल्यको ८० प्रतिशतसम्म अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गर्न सक्नेछ । सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ प्रभावकारी हुने बैंकले बताएको छ । 

साथै बैंकले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्‍याउन ‘मेरो सेयर बचत खाता’ सार्वजनिक गरेको छ । यो खाता ग्राहकले न्यूनतम ५ सय रुपैयाँमा खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी-आस्बा सुविधा लिन सक्नेछन् । 

पहिला नै डिम्याट खाता हुने ग्राहकले पनि यो खाता खोलेर निःशुल्क सी(आस्बाको सुविधा लिन सक्ने बैंकले जनाएको छ । 

बैंकले कोरोना महामारीका कारण अर्थतन्त्र शिथिल भएपछि लगानीमा बचतको ब्याजदरमा कमी आएकाले बैंकले ‘मेरो सेयर बचत खाता’ मा ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया