६ लाख घुससहित मालपोत प्रमुख प्रकाउ

५ बर्ष अगाडि

बाराको मालपोत कार्यालयका प्रमुख ६ लाख घुस रकम सहित रंगेहात समातिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाल घुससहित पक्राउ गरेको हो । 

उनीहरुलाई आयोगको मुख्यालय टंगालबाट खटिएको टोलीले शुक्रबार जितपुरको एक होटलबाट रंगेहात पक्राउ गरेको हो।

 सेवाग्राहीले खरिद गर्न लागेको जग्गा  फास्ट ट्रयाकबाट पास गराईदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग उनीहरुले घुस मागेको थियो । उनीहरु माथि थप अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया