कतारमा कोरोना खोपको दुबै डोज लगाएकाले क्वारेन्टाइन बस्नु नपर्ने

५ बर्ष अगाडि

काठमाडौं - कतारले कोरोना भाइरसविरुद्धको भ्याक्सिनका दुबै डोज लगाइसकेकाहरूलाइ क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार यो सुविधा कतारी नागरिक र कतारको आवासिय अनुमति प्राप्त (कतारी आईडी होल्डर) का लागि मात्र हुने जनाएको छ ।

यो सुविधा भ्याक्सिनको दोस्रो डोज लगाएको १४ दिन पश्चात ३ महिनासम्म मात्र मान्य हुने बताइएको छ । कतारमा खोप सुरु भएदेखि अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरूले कोरोना बिरुद्धको खोप प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ ।

कोरोना बिरुद्धको खोप अभियान कतारमा गत डिसेम्बर २३ तारिख २०२० देखि सुरु भएको थियो । पहिलो चरणमा वृद्धहरू, गम्भीर दीर्घकालीन रोगहरू र स्वास्थ्य सेवा फ्रन्टलाइनमा काम गर्नेहरुलाई  प्राथमिकता दिइरहेको छ ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोरोना खोपा निशुल्क रुपमा उपलब्ध गराउने यसअघि नै जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया