खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - एक जना श्रीमानले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । 

शनिबार बिहान करिब साढे २ बजे दोलखाको कालिन्चोक गाउँपालिका-६, लापिलाङ निबासी २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर ‍२१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट श्रीमतीको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेर ओछ्यानमै मृत्यु भएको हो । हत्या गरेर भाग्न लागेका थामीलाई बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका-७, स्थित सिसागोलाईबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया