यस्तो छ आजको मौसम पूर्वानुमान

५ बर्ष अगाडि

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको  जनाएको छ ।

महाशाखाले हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।

यसैगरी, आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

भने, प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया