वीरेन्द्रनगरका युवा आन्दोलित, नगरपालिका कार्यालयमा नाराबाजी

५ बर्ष अगाडि

वीरेन्द्रनगर नगरपालिका–८ स्थित  शहरी स्वास्थ्य चौकीले स्वास्थ्य सेवा प्रदान नगरेको भन्दै स्थानीय गौरीशंकर टोलका युवा आन्दोलित भएका छन् । 

स्वास्थ्य चौकीले प्रभावकारी स्वास्थ्य सेवा नदिएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने भन्दै उनीहरुले नगरपालिका कार्यालयमा नाराबाजी गरेका छन् । आफुहरु स्वास्थ्यचौकी गएका बेला त्यहाँबाट सेवा नपाएकाले निजी मेडिकलमा महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य भएको उनहरुको भनाइ छ । 

युवा विनम शाहीले स्वास्थ्य सेवाले प्रभावकारी सेवा प्रदान गरोस् भन्ने उद्देश्यले टोलका युवा मिलेर आन्दोलन गरेको बताए । उनले शहरी स्वास्थ्य केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय र नगरपालिकामा पुगेर र्यालीसहित ध्यानाकर्षण गराइएको जनाए । स्वास्थ्य केन्द्रबाट प्रभावकारीरुपमा सेवा प्रवाह नभएमा फेरी पनि आन्दोलन गर्ने उनको भनाइ थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया