नेपाल बङ्गलादेश बैङ्कको चावहिल शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं। ७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोडको माध्यमद्वारा गरिने भुक्तानीको शुरुआत भएको छ । यो एफवान सफ्टसँगको सहकार्यमा क्यूआर कोडको माध्यमद्वारा गरिने भुक्तानीको शुरुआत भएको हो ।
नेपालमा डिजिटल भुक्तानीको शुरुवात भएसँगै यसलाई जनमानसमा नगद रहित क्विक रेस्पोन्स कोड (क्यूआर को)मार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गर्ने नेपाल राष्ट्र बैङ्कको योजना रहेको छ । सो योजनाअनुसार क्यूआर सेवा शुरु भएको हो ।
नगदरहित कारोवारलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैङ्कको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैङ्कले क्यूआर सेवा सुरु गरेको हो ।
उक्त कार्यक्रमको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले सो एरियाका ब्यापारी बर्गलाई क्यूआर कोड वितरण सँगै विभिन्न तरकारीहरु खरिद गरी क्यूआर कोडको माध्यमद्वारा भुक्तानी पनि गरेका छन् ।
बैङ्कले ग्राहक तथा ब्यापारीहरुको सुबिधालाई ध्यानमा राखी उक्त स्थानमा वर्ल्ड लिंक कम्यूनिकेशनसँगको सहकार्यमा निःशुल्क वाईफाई पनि जडान गरिदिएको बैकले जानकारी गराएको छ ।
यस्तै सिद्धार्थ बैंक लिमिटेडले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको गोंगबु क्षेत्रका होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।
बैंकले शुक्रवार गोंगबु शाखा प्राङ्गणमा एक समारोह आयोजना गरी गोंगबु क्षेत्रका नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।
उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले नेपाली होटल व्यवसायी संघ अन्तर्गतमा रहेका होटल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । बैंकले हाललाई ५० होटल व्यवसायीहरुलाई क्यूआर कोडहस्तान्तरण गरेको छ र आगामी दिनहरुमा होटल सङ्ख्या थप गर्ने कार्यलाई निरन्तरता दिँदै जाने योजना रहेको बैंकले जनाएको छ ।
नगदरहित कारोबार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम मार्फत साना तथा मझौला उद्यमीहरु डिजिटल बैंकिङ्गतर्फ प्रोत्साह नहुने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया