नेपाल महिला संघले शनिबार विरोध प्रदर्शन गदैँ

५ बर्ष अगाडि

काठमाडौं- देशभर दिनप्रतिदिन बढ्दै गएको हत्या, हिंसा, बलात्कारविरुद्व नेपाल महिला संघले शनिबार शान्तिबाटिका रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएको छ ।

 संघकी अध्यक्ष उमा रेग्मीले देशमा कम्युनिष्ट सरकारले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसका विरुद्ध पनि प्रदर्शन केन्द्रित हुने बताईन् ।

रेग्मीले नेपालमा बलात्कारका घटना बढ्दै जानुमा सरकार जिम्मेवार भएको आरोप लगाएकी छन् । सरकारले महिलालाई सुरक्षा दिन नसकेको भन्दै उनले कडा आन्दोलनको चेतावनी दिईन् ।

रेग्मीले निर्मला पन्तको हत्यारा ३ वर्ष बितिसक्दा पनि पत्ता लगाउन सरकारले नसकेको र सम्झना कामीको हत्यादेखि हालै बैतडीको भागिरथी भट्टसम्म हत्याको घटनाले गम्भीर बनाएको बताए । महिलाको सुरक्षाको विषय सरकारको प्राथमिकतामा नपरेको उनको आरोप थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया