काठमाडौं - प्रभु बैंक लिमिटेडले भानुभक्त माध्यमिक विद्यालयलाई कम्प्युटर प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लाको उक्त विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको हो ।
विद्यालयमा आयोजित एक समारोह मार्फत बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले विद्यालयलाई उक्त सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएको कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले विश्वास राखेको छ । यस अघि पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।
साथै आगामी दिनहरूमा पनि यस्तो कार्य निरन्तर रुपमा गरिरहने बैंकले जनाएको छ ।
प्रतिक्रिया