काठमाडौँ - सरकारले बङ्गलादेशबाट खरिद गरेको युरिया मल पानी जहाजमा लोड भइसकेको छ । ढुवानीकर्ता संयुक्त अरब इमिरेट्स (यूएई) को कम्पनी जेन्ट्रेड एफजेडएफले त्यहाँको कारखानाबाट मल बुझेर लोड गरिसकेको हो ।
मल अब एक हप्ता भित्र नेपाल आइपुग्ने भएको छ । आज र भोलीमा मल कलकत्ता बन्दरगाह आइपुग्ने बताइएको छ । त्यसपछि मलको ‘प्याकेजिङ’ गरेर मात्र नेपाल ल्याइने छ । बङ्गलादेशबाट पहिलो लटमा २० हजार मेट्रिक टन मल ल्याइन लागेको हो ।
नेपाल सरकारले बंगलादेशको सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल किन्नका लागि २०७७ पुस २ गते ‘जी टू जी’ सम्झौता गरेको थियो। ५० हजार मेट्रिक टन मध्य पहिलो लटमा २० हजार मेट्रिक टन ल्याइने र अरू ३० हजार मेट्रिक टन बिस्तारै नेपाल ल्याउने काम हुने बताइएको छ ।
प्रतिक्रिया