कांग्रेसका नेता दाहालको निधन

५ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता मित्रसेन दाहालको निधन भएको छ । मिर्गौलाको रोगबाट पीडित दाहालको आज बिहान ओम अस्पतालमा निधन भएको हो  ।

एक महिनाअघि कोराेना संक्रमित भएका दाहालले केहि दिन अघि कोरोना खोप लगाएका थिए । 

गत आम निर्वाचनमा ओखलढुंगा–१ बाट प्रदेश सांसदका उम्मेदवारसमेत रहेका दाहाल नेपाली कांग्रेस, ओखलढुंगाका सचिवसमेत भएका थिए । जेपी प्रतिष्ठान लप्सीफेदीमा आश्रम सञ्चानल गरेर समाजसेवामा सक्रिय दाहालका झन्डै दुई दर्जन कृति पनि प्रकाशित छन् ।  

 उनकाे शव आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।  दाहालका दुई छाेरा, एक छाेरी र पत्‍नी छन्। 

५ बर्ष अगाडि

प्रतिक्रिया