काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले बाल सारथि संस्थालाई आर्थिक सहयोग गरेको छ । काठमाडौंमा रहेको उक्त संस्थालाई बैंकले विद्यालय भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको हो ।
बाल सारथिले अनाथ तथा विपन्न वर्गका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्दै आइरहेको छ । बैंकले असल चरित्रवान् र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले बैंकले सारथिलाई सहयोग गरेको हो ।
साथै उक्त संस्थामा अध्ययनरत बालबालिकाहरूलाई वित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया