नेशनल हाइड्रोपावरको नाफा करिब २३ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं-  नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको खुद नाफा घटेको छ ।

चालु आर्थिका वर्षको दोस्रो त्रैमास सम्म कम्पनीले १ करोड ४० लाख ६३ हजार रुपैंया बराबरको खुद नाफा कमाएको छ । गत आवको सोही अवधीको तुलनामा कम्पनीको नाफा ३६ लाख ८४ हजार रुपैंया अर्थात २०.७६ प्रतिशतले ओरालो लागेको हो । गत आवको सोही अवधीको तुलनामा १ करोड ७७ लाख ४८ हजार रुपैंया बराबरको खुद नाफा कमाएको थियो । 

समीक्षा अवधीसम्म कम्पनीको आम्दानी ३ करोड ७४ लाख रुपैंया बराबर रहेको छ । गत आवको सोही अवधीको तुलनामा कम्पनीको आम्दानी ५१ लाख ८ हजार अर्थात करिब १२ प्रतिशतले कम हो । गत आवको पुसमसान्तसम्म कम्पनीले ४ करोड २६ लाख रुपैंया बराबरको आम्दानी गरेको थियो ।

समीक्षा अवधीसम्म कम्पनीको चुक्ताँ पुँजी १ अर्ब ३८ करोड ५९ लाख रुपैंया बराबर रहेको छ ।

सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २.७७ रुपैयाँ  रहेको छ भने प्रतिशेयर नेटवर्थ रु.७६.५७ रहेको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया