काठमाडौं - विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका तीन जना बेपता आरोहीको मृत्यु भएको छ । उनीहरुको मृत्यु भएको पाकिस्तान सरकारले घोषणा गरेको हो ।
यसै महिनाको अन्तिमतिर केटुको आरोहणमा गएका पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल पाब्लो मोहर अझै बेपत्ता रहेका छ ।
पाकिस्तानी मौसम विभागका अधिकारीहरूले खराब मौसम र लगातार हिमपात भइरहेका कारण सम्पर्कविहीन भएकाहरूको खोजी गर्न समस्या परेको छ । तर उनीहरुलाई पाकिस्तान सरकारले भने मृत घोषणा गरेको हो ।
ती नागरिक यही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएका थिए । केटू हिमाललाई संसारकै सबैभन्दा खतरनाक मानिन्छ ।
हराइरहेका आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।
यसअघि सन् २००८ मा पनि केटु हिमाल आरोहणका क्रममा एकै दिन ११ जना आरोहीले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया