सिभिल लघुवित्तको साधारण सभा चैत ५ गते, लाभांश प्रस्ताव कति ?

५ बर्ष अगाडि

काठमाडौं-  सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ५ गते बोगनभिल्ला, इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौँमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सञ्चालक समितिबाट पारित भए अनुसार गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.१८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेका सञ्चालकहरुको मनोनयननियुक्ति अनुमोदन गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन २० गते बुकक्लोज गर्ने भएको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया