काठमाडौं - बैंकहरुले बीमालेख धितोमा राखेर ऋण दिन थालेपछि बीमा समितिले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ । समितिले राष्ट्र बैंकलाइ पत्राचार गर्दै बीमालेख धितोमा राखेर ऋण दिने काम बैंकहरुको क्षेत्राधिकार भित्र नपर्ने भन्दै पत्र पठाएको हो।
बीमा पोलिसी धितोमा राखेर बैंकबाट ऋण दिने व्यवस्था कानुन विपरित र बैंकहरुको क्षेत्राधिकार बाहिरको कुरा भएका कारण समन्वय गर्नका लागि राष्ट्र बैंकलाई पत्र पठाईएकोे समितिले जनाएको छ ।
बीमितले बीमा गरेको दुई वर्षपछि बीमालेख धितोमा राखी ऋण लिन सक्छन । तर केही समयअघि बैंकहरुले बीमालेख जारी गरेको भोलिपल्ट नै बीमालेख धितोमा राखी ऋण दिने भन्दै सुचना प्रकाशित गरेपछि बीमा कम्पनीहरु समिति पुगेका थिए ।
प्रतिक्रिया