५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिन सरकारको निर्णय

५ बर्ष अगाडि

काठमाडौं -  ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले कैदीबन्दीहरुलाई सजाय मिनाहा र आममाफी दिने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको हो ।

मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय उक्त बैठकले गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया