'कोरोनाविरुद्ध खोपको निःशुल्क व्यवस्था हुन्छ' : मन्त्री गुरुङ

५ बर्ष अगाडि

कोरोनाविरुद्धको खोप खरिदका लागि मूल्य निर्धारण नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले केही सञ्चारमाध्यममा कोरोनाविरुद्धको खोप ४ अमेरिकी डलर प्रतिडोजमा खरिद गर्न लागिएको भनेर आएका समाचारप्रति लक्षित गर्दै यस्तो जानकारी दिएका हुन् । 

उनले सरकारले भारतीय खोप निर्माता कम्पनीसँग सोझै खोप खरिद गर्न लागेकोमा सार्वजनिक खरिद ऐनले केही बाधा गरेको भन्दै ऐनअनुसार देखिएको बाधा फुकाउनका लागि मन्त्रिपरिषदले आवश्यक निर्णय गरेको प्रस्ट पारे ।

सरकारले सबैलाई कोरोनाविरुद्ध निःशुल्क खोपको व्यवस्था गर्ने निर्णय गरिसकेको स्मरण गराउँदै उनले यसका लागि तत्काल खोपको आपूर्ति हुन आवश्यक भएकाले सरकारले यस प्रकारको निर्णय गरेको बताए । हाल भारतबाट अनुदानस्वरुप प्राप्त १० लाख डोज कोभिशिल्ड खोप प्रयोग भइरहेको र खोपको सहज उपलब्धता नभएको सन्दर्भमा सोही खोपलाई निरन्तरता दिँदा आपूर्ति तथा प्रयोग सहज हुने देखिएकाले उक्त खोप खरिद गर्न लागिएको उनको भनाइ थियो । मन्त्रिपरिषदले कोरोना खोपका सम्बन्धमा कुनै निर्णय नगरेको उनले बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया