साधना लघुवित्तले माग्यो कर्मचारी

५ बर्ष अगाडि

काठमाडौं - साधना लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले नायब महा प्रबन्धक पदका लागि एक जना कर्मचारीको माग गरेको हो ।

योग्यता पुगेका जो कसैले मिति फागुन ११ गतेसम्म उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।

दरखास्तवालाले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्र्तीण गरी बैंक तथा वित्तीय संस्थाहरूमा कम्तिमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने छ । 

साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दरखास्तवालाहरुलाई विशेष प्राथमिकता समेत दिने जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया