इन्धनको मूल्य ४८ घण्टाभित्र नघटाए कर्मचारीका गाडी रोकेर कारबाही गर्ने चेतावनी

५ बर्ष अगाडि

काठमाडाैं - विद्यार्थीहरुले ४८ घण्टाभित्र इन्धनको मूल्यबृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई चेतावनी दिएका छन् । मूल्य वृद्धि गरेको विरोधमा आयल निगम घेर्न पुगेका अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले ४८ घण्टाभित्र मूल्यबृद्धि फिर्ता लिन चेतावनी दिएका हुन् । 

‘हामी ४८ घण्टाभित्र मूल्यबृद्धि फिर्तालिन आग्रह गर्दछाैं’, आन्दोलनको क्रममा बोल्दै अनेरास्ववियूका संयोजक तामाङ्गले भने, ‘जनतालाई असर गर्नेगरि गरिएको मूल्यबृद्धि फिर्ता भएन भने जे पनि हुन सक्छ ।’ 

उनले जनतालाई मूल्य बढाएर निगमका कर्मचारीले सवारीसाधन दुरुपयोग गर्ने गरेको भन्दै मूल्यबृद्धि फिर्ता नभएमा आफूहरुले कर्मचारीका गाडि जहाँ जुनसुकै बेला पनि रोकेर कारबाही गर्ने समेत चेतावनी दिए । 

सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य बढाएपछि चौतर्फी बिरोध भएको छ । 

अनेरास्ववियूले मूल्यबृद्धिको बिरोधमा आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन समेत गरेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया