काठमाडौं- बैंक अफ काठमाण्डुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्र्तगत अपाङ्गता संरक्षण नेपाललाई सहयोग गरेको छ ।
बैंकले संस्थलाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक प्रा. डा. हेमराज सुबेदीले एक कार्यक्रमकाबीच उक्त सेतो छडी संस्थाका प्रमुख बिरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
बैंकद्वारा हस्तान्तरण गरिएको उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तिहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने बैंकले बिस्वास लिएको छ ।
प्रतिक्रिया