छुट्टाछुट्टै ठाउँमा दुईजना मृत आस्थामा फेला

५ बर्ष अगाडि

काठमाडौं - सुनसरी र तेह्रथुममा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–३, बांगेस्थित चतरा झुम्का नहरमा बराहक्षेत्र–७, देवीघाट बस्ने ३१ वर्षीय सालिकराम निरौला मृत अवस्थामा फेला परेका छन् । गएको १० दिनदेखि सम्पर्कबिहिन रहेका निरौलाको झुम्का नहरले बगाइरहेको अवस्थामा शव फेला परेको हो ।

यस्तै, तेह्रथुमको छ थर गाउँपालिका–१, आङदिम बस्ने ६० वर्षीया छिरिङ डोमा लामा शेर्पा आफ्नै घरमा सुतिरहेको अवस्थामा  मृत फेला परेकी छिन् । हाल सम्पर्कविहीन रहेका उनका पति ५२ वर्षीय तेन्जे शर्पालाई प्रहरीले खोजी गरिरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया