विद्यालयबाट फर्किँदै गरेकी बालिकामाथि जबर्जस्ती करणी

५ बर्ष अगाडि

काठमाडौं- ललितपुरमा विद्यालयबाट फर्किँदै गरेकी एक बालिका माथि जबर्जस्ती करणी भएको छ । 

ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी १३ वर्षीया बालिकामाथि जबर्जस्ती भएको   महानगरीय प्रहरी बृत्त जनाएको छ ।

बुधबार दिउँसो ४ बजेतिर खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि रहेको जंगलमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको हो ।

विद्यालयबाट फर्किँदै गरेको अवस्थामा बालिकामाथि जबर्जस्ती करणी भएको भन्दै पीडित परिवारले उजुरी दिएका महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

बलात्कारमा संलग्न रहेको आरोपमा १ जनालाई पक्राउ  परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्लाको पोखरिया नगरपालिका–८ घर भइ हाल ललितपुरको खन्तिडाँडामा बस्ने २१ वर्षीय राजकुमार ठाकुर हुन् । उनलाई बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका ठाकुरविरुद्ध जबर्जस्ती करणीको कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कार्कीले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया