काठमाडौं - वे पेमेन्ट सर्भिस प्रा लि लाई नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालन गर्न अनुमति दिएको छ । बैंकले कम्पनीलाई सञ्चालनका लागि अनुमतिपत्र प्रदान गरेको हो ।
कम्पनीका अध्यक्ष कमलनाथ प्रधानले बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठद्धारा सपथ ग्रहण गरेका छन् । कम्पनीले आगामी दिनहरूमा विभिन्न माध्यमबाट सरल रुपमा डिजिटल भुक्तननी प्रणाली भित्र्याउने विश्वास राखेको छ ।
साथै ठूला तथा मझौला व्यापारीहरुबाट उत्पादित बस्तु तथा सेवाहरू सुलभ रुपमा देश विदेशको बजारमा बिक्री वितरण गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया