कुमारी बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा १५ % सम्म छुट

५ बर्ष अगाडि

काठमाडौं- कुमारी बैंक र धुलिखेलस्थित आगन्तुक रिसोर्टबीच ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई सो रिसोर्टमा रेन्टुरेन्टका विभिन्न सेवा सुविधा प्रयोग गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै सो रिसार्टकमा कुमारी बैंकका खातावा सेवाग्राहीले स्वास्थ्य क्लब सदस्यता, रुम शुल्क, स्वीमिङग् पुल उपयोग गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सो सम्झौता पत्रमा कुमारी बैैकका तर्फबाट बनेपा शाखा प्रबन्धक नविना वैद्य र रिसोर्टका तर्फबाट कार्यकारी अधिकृत हरिप्रसाद नेपालले हस्ताक्षर गरेका हुन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया