काठमाडौं - दुई जना मान्छे खाएका कारण चितवन राष्ट्रिय निकुञ्ज कसराको एउटा बाघ अपराधको सजाय भोगिरहेका छन् । उनलाई कारागाररुपी खोरमा राखिएको छ ।
त्यहाँ एउटा फलामले घेरिएको पर्खाल छ । त्यही पर्खालभित्र नरभक्षी बाघलाई राख्ने ठूलो खोर छ । फलामले बारिएको खोरभित्र नरभक्षी बाघले सजायको पाँच महिना बिताएको छ ।
निकुञ्जले दिएको जानकारी अनुसार यो बाघको उमेर ६ वर्ष भएको छ । यो बाघ नेपालको सबै भन्दा ठूलो भाले बाघ हो ।
उक्त बाघले वनमा घाँस काट्न गएका एक पुरुषलाई मारेको थियो । बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्ने क्रममा भरतपुर महानगरपालिका–१३ का ६० वर्षीय बाबुराम महतोलाई भदौ २२ गते नरभक्षीले आफ्नो आहारा बनाएको थियो ।
नरभक्षीले बाटुली पोखरीमा मान्छे खाएको एक महिना नपुग्दै फेरि अर्को पुरुषको पनि ज्यान लिएको थियो । असोज १० गते बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर–१३ का ६३ वर्षीय जन्हु चौधरीलाई खाएको थियो ।
मृतकका छोराले बाबुलाई बाघले खाँदै गरेको देखेपछि अन्यलाई खबर गरेका थिए । यसले राप्ती नदी तरेर पारी जंगलभित्र लगेर चौधरीलाई खाएको निकुञ्ज स्रोतले बताएको छ ।
यो नरभक्षी बाघलाई औषधियुक्त सुई प्रहार गरी लठ्याएर ९डार्ट गरी० समातिएको थियो । त्यसपछि नरभक्षी बाघलाई निकुञ्जको मुख्यालय कसरामा रहेको खोरमा राखिएको हो ।
प्रतिक्रिया