काठमाडौं - नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण प्रभावित भएका ऋणीलाई ऋण पुर्नतालिकीकरण गर्न समय थप गरेको छ ।
राष्ट्र बैंकले हालै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले विषेश गरी पर्यटन क्षेत्रका उद्योग व्यवसायहरुका लागि राहत उपलब्ध गराएको छ । बैंकले यस क्षेत्रको थप राहतका लागि २०७८ साल असार मसान्तसम्मका लागि लागि पुनर्तालिकीकरण गर्ने सुविधा उपलब्ध गराएको छ ।
पुनर्तालिकीकरण गर्दा ऋणीले कुल ब्याज बक्यौताको ५ प्रतिशत ब्याज भुक्तान गरेको हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि कुल ब्याज बक्यौताको १० प्रतिशत ब्याज भुक्तान गरेको हुनुपर्ने व्यवस्था थियो ।
कोरोनाका कारण अहिले पर्यटनमा मुख्य मानिने होटल व्यवसाय क्षेत्र पूर्ण रुपमा प्रभावित हुँदा संचालनमा रहेका अधिकांश होटलहरुको आम्दानी घटेको छ ।
प्रतिक्रिया