प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत खटिएका मजदूरको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं - कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ । 

सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो । 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत काम गरिरहेको बेला माथिबाट खसेको ढुङ्गामा च्यापिएर उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए ।

‘‘सडक निर्माण गर्दै गर्दा एक्कासि माथिबाट खसेको ढुङ्गा लागेर ऐडीको मृत्यु भएको छ’’ उनले भने, “ऐडीको परिवारलाई राहत दिने निर्णय भएको छ ।’’
 

५ बर्ष अगाडि

प्रतिक्रिया