काठमाडौं - काठमाडौं महानगरपालिकाले नगरभित्रका सबै नागरिकको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ ।
महानगरपालिकाले आजबाट ६ महिनाासम्म निःशुल्क मिर्गौला परीक्षण गर्न लागेको हो । काठमाडौं महानगरपालिका र मिर्गौला बचाऔँ अभियानले संयुक्त रूपमा कार्यक्रम गर्न लागेको जनाएको छ ।
आगामी ६ महिनासम्म महानगरका ३२ वटै वटाका नागरिकको निःशुल्क मिर्गौला परीक्षण गरिनेछ ।
प्रतिक्रिया