आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित एक इन्जिनियरलाई पक्राउ गरेको छ ।
आयोगले धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीलाई ९५ हजार घुस लिइरहेको बेला पक्राउ गरेको हो ।
इन्जिनियर कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न भएपश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेकी थिईन ।
प्रतिक्रिया