आइएमई जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, कति ?

५ बर्ष अगाडि

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्सले लाभांशको घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

फागुन ४ गते बसेको कम्पनीको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर बापत चुक्ता पूँजीको ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

हाल इन्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया