९१ करोड राजश्व छलिको आरोपमा १३ जना विरुद्ध मुद्दा दायर

५ बर्ष अगाडि

काठमाडौं - राजश्व अनुसन्धान विभागले ११ फर्म मार्फत राजश्व छलिमा संग्लन भएका १३ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी ११ वटा फर्महरुको बैक खाता संचालक सर्लाही जिल्ला बलरा नगरपालिकाका सुवोध साह सहित १० जना तथा मतियार ३ जना गरी जम्मा १३ जना विरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरुबाट ९१ करोड ३० लाख ५६ हजार ५११ रुपैंया विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई फागुन ४ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया