चीनमा सम्बन्धबिच्छेदका लागि नयाँ कानुन, 'पुन मिल्न सक्ने' अवधि पार गर्नु पर्ने

५ बर्ष अगाडि

एजेन्सी - चीनमा पारपाचुके (सम्बनधबिच्छेद)का लागि नयाँ कानुन तयार भएको छ । अबदेखि सम्बन्धबिच्छेदको निवेदन दिनुअघि दम्पतीहरूले ३० दिने ‘पुन मिल्न सक्ने’ सुखद अवधि पार गर्नुपर्ने भएको छ ।

समीक्षकहरूले यो कानुनको उद्देश्य सम्बन्धबिच्छेदलाई निरुत्साहित गर्नु रहेको बताएका छन् । चीनमा केही दम्पती सम्बन्धबिछेच्द छिटो होस् भन्ने अर्थले वकिल भेटाउन लाइनसमेत मिच्ने गरेका छन् । 

यो नयाँ कानुन कार्यान्वयन हुनुअघि नै छोडपत्रको प्रक्रिया सकाउने विचारले अहिले चिनियाँ दम्पतीहरू छोडपत्रका लागि आवेदन दर्ता गर्न दौडादौड गरिरहेका छन् । 

गत वर्षका मे महिनामा नै पारित भएको कानुन अहिले भर्खर कार्यान्वयनको तरखरमा रहेको छ । यदि, उक्त ३० दिने अवधिभित्र दम्पतीमध्ये कसैले सम्बन्धबिच्छेद रोक्ने चाहेको खण्डमा तिनीहरूले पारपाचुकेका लागि पुनः आवेदन दर्ता गर्नुपर्ने तथा पुनः ३० दिने अवधि शुरू हुने बताइएको छ ।

सम्बन्धबिच्छेदसम्बन्धी कानुन केही खुकुलो बनाइएयता विगत १५ वर्षदेखि चीनमा पारपाचुके गर्नेको संख्यामा निकै वृद्धि भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया