ओली समूह र कांग्रेस बिच झडप, ७ घाइते

५ बर्ष अगाडि

बैतडीमा नेपाली कांग्रेसले  आयोजना गरेको विरोध सभामा दोहोरो झडप भएको छ ।डिलासैनी गाउँपालिका– ३ पनसेरामा कांग्रेस र नेकपा ओली समूहका कार्यकर्ताबीच झडप भएको हो।

नेकपाका कार्यकर्ताले कांग्रेसको आमसभामा ढुंगामुढा गर्दा झडप भएको हो ।सभा बिथोल्ने नियतले नेकपाको कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडपको अवस्था भएको नेपाली कांग्रेसले बैतडीले जनाएको छ ।  

सभा चलिरहेकै समयमा माइकसहित हुल बाँधेर आएका नेकपाका अध्यक्ष सुरेन्द्र पाल नेतृत्वको हुलले आक्रमण गर्दा मञ्चमा रहेका कांग्रेस नेता एनपी साउदसहित सातजना घाइते भएका छन् ।यता प्रहरीले भने घटनामा ६ जना घाइते भएको जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया