बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरको महेन्द्रनगरबाट एकजना पुरुष पक्राउ परेका छन्। पक्राउ उनलाई मंगलबारै अनुसन्धानका लागि बैतडी लगिएको छ।
सार्वजनिक जिम्मेवारीमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिकाकै उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले भीमदत्त नगरपालिकास्थित ऐठपुरबाट पक्राउ गरेर बैतडी पठाएको हो।
पक्राउ परेका ती पुरुष र भागरथीबीच पुरानो चिनजान रहेको खुलेको छ। भागरथीको हत्या भएपछि उनी बैतडीबाट महेन्द्रनगर झरेको खुलेको छ।
घटनापछि उनको गतिविधि शंकास्पद पाइएपछि प्रहरीले निगरानी बढाएको थियो। भागरथीको हत्यामा उनको संलग्नताको सम्भावना उच्च रहेको प्रहरीले जनाएको छ। उनलाई बैतडी लगेपछि बयान लिने तयारी प्रहरीले गरेको छ।
प्रतिक्रिया