प्रदेश १ मा सार्वजनिक निजी साझेदारी मोडलमा पूर्वाधार विकास लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सहयोग गर्ने भएको छ। प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको छ।
प्रदेश १ मा रहेका संभाव्य आयोजना अघि बढाउन र उनीहरूको वित्तीय तथा प्राविधिक विश्लेषण गर्न, परियोजनाको बजारीकरण गर्न र विकासकर्ता छनौट गर्न बैंकले सहयोग गर्नेछ। यस्तै बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी आयोजना अघि बढाउन सहयोग गर्ने पनि समझदारीमा उल्लेख छ।
समझदारी पत्रमा प्रदेश नं. १ को सार्वजनिक नीजि सहकारी साझेदारी तथा लगानी प्राधिकरणको तर्फबाट निर्देशक डा। सरोज कोईराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राई पनि उपस्थित थिए ।
कार्यक्रममा कोईरालाले प्रदेश नं.१ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्ट लगायतका केही पूर्वाधारका परियोजनाहरुको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भैसकेको जानकारी गराए ।
मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई, सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश नं। १ सँग समझदारीपत्रमा हस्ताक्षर गरे सँगै आगामि दिनमा मुलुकका अन्य प्रदेश सरकारहरु एवं स्थानीय निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको उल्लेख गरेको छ । नि काम गरेका थिए।
प्रतिक्रिया