धनुषामा एक महिलाको शव फेला परेको छ। धनुषाको कमला नगरपालिका–२ माचि झिटकैयामा ३५ वर्षीय संगीतादेवी गडेरी राउतको शव फेला परेको हो ।
शव झिटकैयाको पश्चिमवारी टोल बस्ने खुशीलाल गडेरीकी जेठी पत्नीको भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ।
संगीताको हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा भेटिएको संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएका प्रहरी निरीक्षक रोकायाले जानकारी गराए।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया