अभियान लघुवित्तको घाटा घट्यो, अन्य परिसुचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं-अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तुलना घाटा घटेको छ । संस्थाले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार संस्थाले गत आवको पुस मसान्तसम्म १६ लाख ७८ हजार रुपैंया बराबरको घाटा व्यहोरेको थियो । जुन चालु  आवको पुसमसान्तसम्म आउँदा ६ लाख ४१ हजार रुपैंया बराबरले घटेर १० लाख ३७ हजार रुपैंया बराबरको मात्र घाटा व्यहोरेको छ ।

समीक्षा अवधीसम्म संस्थाले १ करोड ७४ लाख ४५ हजार रुपैंया बराबरको खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधीको तुलना संस्थाले १ करोड ४६ लाख रुपैंया बढी खुद ब्याज आम्दानी गरेको छ । गत आवको पुस मसान्तसम्म संस्थाले २७ लाख ९७ हजार रुपैंया बराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधीसम्म संस्थाले ९ करोड २२ लाख रुपैंया बराबरको निक्षेप संकलन गरेको छ  । गत आवको पुस मसान्तसम्म २२ लाख  ९४ हजार रुपैंया बराबरको निक्षेप संकलन गरेको थियो । सोही अवधीको तुलनामा संस्थाले ९ करोड भन्दा बढी निक्षेप संकलन गरेको हो । यस्तै, संस्थाले चालु आवको पुस मसान्तसम्म ७ करोड ८९ लाख रुपैंया बराबरको कर्जा प्रवाह गरेको छ । 

समीक्षा अवधीसम्म संस्थाको चुक्ताँ पुँजी १५ करोड २५ लाख रुपैंया बराबर रहेको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया