भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणले पनि गति लियो

५ बर्ष अगाडि

सरकारको तीन वर्षे अवधिमा भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणको कामले पनि गति लिएको छ । हालसम्म करीब ५६५ सम्पदाको पुनःनिर्माण सकिएको छ । बाँकी सम्पदा पुनःनिर्माणको काम चाँडै सक्ने योजना छ ।

भूकम्पबाट क्षतिग्रस्त धरहरालाई ‘ऐतिहासिकता झल्कने र आधुनिकता टल्कने’ गरी नेपालको गौरवको रुपमा उभ्याउन सफल भएको छ । अहिले २२ तल्ले धरहराको २१औँ तल्लाको ढलान सम्पन्न भइसकेको छ । यसै वर्ष निर्माण पूरा हुँदैछ ।
    
मन्त्रालयको नीतिगत सुधारतर्फ नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी सेवा प्रदायक र नियामक निकाय बनाउने गरी विधेयक राष्ट्रियसभामा पेश भइसकेको छ । नीतिगत सुधारतर्फ पनि निकै प्रगति भएको छ । पर्यटन ऐन र हवाई नीतिको अन्तिम मस्यौदा तयार भई अन्तर मन्त्रालय छलफलको क्रममा छ ।
    
महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेको हस्पिटालिटी क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । अबको दुई वर्षको अवधिमा निर्माणाधीन झण्डै १० वटा पाँचतारे होटल पूर्ण सञ्चालनमा आउनेछन् । काठमाडौँ, भैरहवा, नेपालगञ्ज पोखरामा पाँचतारे होटल थपिएका हुन् । होटल एशोसिएशन अफ नेपाल हानका अनुसार अहिले मुलुकमा करीब चार हजार ८०० श्यया छन् । पर्यटकस्तरीय करीब दुई हजार होटल छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया