विश्वविद्यालयद्वारा तोकिएको पाठ्यक्रमको परिधिभित्र मात्र सीमित नराखी विद्यार्थीहरुको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आवश्यक सीपमूलक तालीम, विश्व विज्ञहरुसँग प्रत्यक्ष अन्तरक्रिया, विभिन्न कार्यशाला गोष्ठी तथा प्रतियोगितामा विद्यार्थीलाई सहभागिता गराउने ध्येयले कलेजले ‘सगरमाथा करियर सेन्टर’ स्थापना गरेको छ । सेन्टरले विद्यार्थीका रुचि र चाहनाअनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै आएको छ ।
प्राचार्य श्रेष्ठका अनुसार उक्त सेन्टर स्थापना गर्नुको मुख्य उद्देश्य भनेकै विद्यार्थीहरुको व्यावसायिक क्षमता विकास तथा रोजगार निकायको मात्रा र आवश्यकता पहिचान गरी विद्यार्थीलाई आवश्यक रोजगार तथा सीपमूलक तालीम प्रदान गर्नु रहेको छ ।
कलेजका शैक्षिकत र्फका उपप्राचार्य ई दक्षिणा श्रेष्ठले भने, “विद्यार्थी र रोजगारदाता निकायका बीचमा सेन्टरले भ¥याङका रुपमा काम गरेको छ । साथै कलेज र रोजगारताका बीचमा पनि यसले पुलका रुपमा काम गरको छ ।” सेन्टरका प्रमुख समेत रहेका उनले भने, “सगरमाथाका स्नातकलाई सैद्धान्तिक ज्ञानका रुपमा मात्र होइन व्यावहारिकरुपमा पनि उँचो बनाउँछौँ ।”
प्राविधिक दक्षतका साथ विद्यार्थीलाई बोलीवचन, आफूले जानेका ज्ञानलाई सरल र सहजरुपमा प्रस्तुति, सामाजिकीकरण, आनीबानीमा सुधार ल्याउने विधि र पद्धति पनि सेन्टरमा प्रशिक्षित गराइने उनले जानकारी दिए ।
कलेजले युरोपियन युनियनको ‘इरासमस प्लस प्रोग्राम’ अन्तर्गत युरोप तथा दक्षिण एसियाका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरुसँगको साझेदारीमा कलेजको क्षमता अभिवृद्धि तथा सीप हस्तान्तरणसम्बन्धी विभिन्न परियोजना सञ्चालन गर्दै आइरहेको छ । कलेजका प्रशासनतर्फका उपप्राचार्य ई अरुण पराजुलीले आल्टो युनिभर्सिटी फिनल्यान्ड, टियु डेल्फट नेदरल्यान्ड र केटियु लिथुआनिया र आइआइटी बम्बे भारत, आइआइएस बङ्लोर, रोयल युनिभर्सिटी भूटानलगायत स्पेन, पोर्चुगल, ग्रिस, लाट्भिया, भूटान र नेपालका विभिन्न विश्वविद्यालयको सहकार्यमा विभिन्न परियोजना गर्दै गरेको र यसअघि नै सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी दिए । उनले भने, “इरासमस प्लस प्रोग्रामअन्तर्गत नै शिक्षक, कर्मचारी तथा विद्यार्थी आदानप्रदानसम्बन्धी विभिन्न कार्यक्रम यसअघि नै स्वीकृत भइसकेकाले कोभिडका कारणले उत्पन्न परिस्थिति सहज हुनाका साथै ती मोबिलिटी कार्यक्रमहरुसमेत पुनः सञ्चालन हुनेछन् ।”
कलेजलाई गुणस्तरीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने लक्ष्य कलेजले लिएको छ । कलेजका प्राचार्य श्रेष्ठले भने, “शिक्षक तथा विद्यार्थीलाई बढीभन्दा वढी अनुसन्धान क्रियाकलापहरुमा संलग्न गराएका छौँ । सगरमाथा प्राविधिक विश्वविद्यालय बनाउने लक्ष्य लिएका छौँ । ”
आवश्यक सम्पूर्ण पूर्वाधारसहितको आफ्नै भवन यथाशक्य छिटो निर्माण गरी कलेज सार्ने उद्देश्यले कलेजले लिएको छ । यसका लागि कलेजले छिट्टै आफ्नो नयाँ भवन बनाउने तयारी अगाडि बढाएको छ । यसका लागि कीर्तिपुर नगरपालिका–६ मा दश रोपनी जग्गा खरीद गरिसकेको उनले बताए ।
प्रतिक्रिया