५८ हजार नगदसहित ४ जुवाडे पक्राउ

५ बर्ष अगाडि

कास्की प्रहरीले तास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ । जिल्लाको पोखरा महानगरपालिका ३ नदिपुरस्थित दिलमाँया दाहालको घरमा ६ बुक तास र नगद ५८ हजार ५ सय २५ रुपैयाँ सहित तास खेलिरहेको अवस्थामा भारत घर भई हाल बागलुङ गुठी बस्ने ४५ वर्षीय हदेश अन्सारी सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया